हिपमत डटकम
विराटनग ,मंसिर १९ ।
भारतको हैदराबादमा बलात्कार पछि जलाएर हत्या गरिएको डा. प्रियंका रेड्डीको दोषीलाई कार्वाहीको माग गर्दै विराटनगरमा मैनबत्ती जुलुस निकालिएको छ।
विराटनगरको ट्राफिक चोक बाट निकालिएको जुलुस बजार परिक्रमा गरि बि प्लटमा पुगेर कोणसभामा परिणत भएको थियो । सिमाँचल मैत्री संवाद समूह,जनहित बिकास समाज,अम्बे मुरारी सेवा केन्द्र ,बृहत मधेसी नागरिक समाज र नेपाल भारत सामाजिक सांस्कृतिक मंचले संयुक्त रुपमा महिला विरुद्धको हिंसा बन्द गरिनुपर्ने भन्दै सो जुलुस निकालेका थिए ।

उक्त कोणसभालाई सम्बोधन गर्दै प्रदेश सभा सांसद एवं नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले महिला पुरुष एक अर्काको परिपुरक रहेकोेले महिलालाई पनि सम्मान गर्नुपर्ने बताए । आधा आकाश ढाकेको महिला प्रतिको यस्तो व्यवहार निन्दनीय भएको उनले बताए । सांसद कार्कीले यस्तो घटनामा संलग्न जोकोहीलाई पनि कारबाहीको दाइरामा ल्याउनु पर्ने बतार ।

जनहित बिकास समाजकी अध्यक्ष आशा सरदारले अहिलेको वर्तमान समयमा नेपाल र छिमेकी राष्ट्र भारतमा पनि बलात्कारको घटना दिनानुदिन बढ्दै गएको प्रतिक्रिया दिइन् । उनले जहाँ हामी छोरी बचाउ छोरी पढाउको अभियान चलाई रहेका छौं त्यहि छोरी असुरक्षित भएको उल्लेख गरिन । उनले महिलाहरु जहिले पनि हिंसाको सिकार हुने गरेको बताइन् ।

सिमाँचल मैत्री संवाद समुहको अध्यक्ष राजेश कुमार शर्माले हरेक देशमा महिलाको पुजा गरिन्छ तर वास्तविकमा महिलाको सम्मान गर्न मानव रूपी राक्षसले नजानेको बताए । उनले समाजमा लुकेर बसेल यस्ता मानव रूपी राक्षसले आफ्नो गल्तीको सजाय पाउन आवस्यक रहेको बताए । उनले समाजमा महिला संग घट्ने गरेको घटनाले हाम्रो सिर निहुराएको धारणा व्यक्त गरे ।

सो कार्यक्रममा आयोजक सबै संस्थाका प्रतिनिधि सहित गंगा यादव , तबरेज हक,कादिर अलि,बिनोद गुप्ता , बिपुल झा , पुनम कर्ण , युवा भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!