रेडियो नागरिक १००.४ मेगाहर्ज ६ वर्ष पुरा गरि ७ औ वर्षमा प्रवेश गरेको सुखद अवसरमा दुई दिवसीय स्वास्थ्य शिविर संचालन गरेको छ ।
शुक्रवार र शनिवार सुनसरीको देवानगंज गाउँपालिकामा वृहत स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा रक्तदान कार्यक्रम लगायत न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालका डाक्टर,स्वास्थ्यकर्मी लगायतले विभिन्न ९ प्रकारका स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
शिविरमा चर्म रोग ओ.पि.डी., स्त्रीरोग ओ.पि.डी.,हाडजोर्नी तथा नशा रोग ओ.पि.डी., जनरल ओ.पि.डी.,नवजात शिशु तथा बाल रोग ओ.पि.डी.,दात सम्वन्धी ओ.पि.डी. लगायत वरिष्ट मुटुरोग विशेषज्ञ डाक्टर निकेशराज श्रेष्ठ, वरिष्ट विशेषज्ञ फिजिसियन डाक्टर केशर वहादुर गुरुङ्ग, वरिष्ट विशेषज्ञ फिजिसियन डाक्टर अगरज उपै्रतीबाट मुटुरोग सम्वन्धी सामूहिक परामर्श समेत प्रदान गरिएको थियो ।
उक्त शिविरमा सुगर,प्रेसर,इसिजि र प्रयोगशाला सेवा समेत उपलब्ध गराईएको थियो । डाक्टर प्रकाश लिम्वुको अनामया आयुर्वेदालयको प्राविधिक सहयोगमा आर्युवेद शिविर समेत संचालन गरेको थियो । नागरिक मिडिया प्रा.लि.को आयोजना र देवानगंज गाउँपालिकाको सहजीकरणमा संचालित उक्त शिविरबाट ५ सय ३३ जनाले स्वास्थ्य परिक्षण गराई औषधी समेत निःशुल्क लिएको नागरिक मिडिया प्रा.लि.का प्रवन्ध निर्देशक अरविन्द मेहताले जानकारी दिनुभयो ।
यस रेडियोको प्रसारण २०७० साल फाल्गुन २३ गते विराटनगरबाट भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!