हिपमत डटकम
संखुवासभा ,मंसिर १८ ।

संखुवासभाको चिचिला गाउँपालिका-३ केराबारी स्थित भित्री सडक खण्डमा गत १६ गते ट्याक्टर दुर्घटना भएकोमा उपचारमा संलग्न १ जनाको मृत्यु भएको छ । खाँदबारीबाट पुखुवा तर्फ टिनको पाता लोड गरि जादै गरेको को २ त ४३५९ नंबरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुदा चालक खाँदबारी नगरपालिका-८ डाँडागाउ बस्ने बर्ष ४३ को दिनेश तामाङ, सिलिचोङ गाउँपालिका-५ बस्ने बर्ष ३१ कि प्रतिमाया राई, चैनपुर नगरपालिका-११ लुवाकोट बस्ने बर्ष ३१ को सुक्ला राई र सुकल राई घाईते भएका थिए । घाईते भएका हरु मध्ये सुकल राईको अवस्था गम्भिर भएका कारण थप उपचारकोलागी बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याईएकोमा उपचारको क्रममा आज बिहान ६ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!