शनिबार, फाल्गुण २४, २०७६ || 1049  पटक पढिएको

ओखलढुङगा खिजिदेम्बा-४ खिजिकाती बस्ने ६० बर्षीय चेक प्रसाद भट्टराईको लडेर मृत्यु भएको छ । हिजो अपरान्ह ४ बजे  घर नजिकै घाँस काट्न जादै गरेको अवस्थामा एक्कासी भिरबाट लड्दा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खिजिफलाटेले जनाएको छ ।

यसै गरी भारत पुरनिया दुस्मार-५ बस्ने ५३ बर्षीय मो. हसनको लडेर मृत्यु भएको छ । ओखलढुङगा लिखु-६ गाम्नाङटारमा रहेको ग्रामोदय माध्यमिक बिधालयको निर्माणाधिन भवनमा काम गर्दै आएका भारतिय नागरिक हसन हिजो अपरान्ह साढे ४ बजे  ट्वाईलेटमा लडी घाईते भएकोमा उनको उपचारको क्रममा सामुदायीक अस्पताल मन्थली रामेछापमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!