हिपमत डटकम

शनिबार, आश्विन १५, २०७९ || 13331  पटक पढिएको
फ़ाईल तस्बिर

बिराटनगर । मोरङको बिराटनगर महानगरपालिका-८ स्थितमा रहेको जिल्ला कारागारमा कैद भुक्तान गरीरहेका २ जना कैदीलाई उपचारको लागि बिराटनगर-७ स्थित क्षयरोग अस्पताल लगिएकोमा उपचारको क्रममा अस्पतालबाट भागी फरार रहेको घटना सम्वन्धमा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरले छानविन समिति गठन गरेको छ ।

आज बिहान ९ बजे मोरङ कारागारबाट लागुऔषध मुद्दाका कैदी २८ बर्षीय मन्जिल गुरुङ र जवस्जस्ती करणी मुद्दाका कैदी २८ बर्षीय राज कुमार हेमरनलाई उपचारको लागि बिराटनगर-७ स्थित क्षयरोग अस्पताल लगिएकोमा उपचारार्थ रहेको अवस्थामा अस्पतालबाट दुबै जना भागी फरार रहेका छन ।

कैदी भागी फरार रहेको घटना सम्वन्धमा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जय राज सापकोटाको संयोजकत्वमा नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरीको प्रहरी टोली सहित ५ सदस्य छानबिन समिति गठन गरीएको छ ।

छानविन समितिलाई घटना सम्बन्धमा वास्तविकता के भएको हो, स्थलगत रुपामा खटि गई सत्य तथ्य छानबिन गरी १० दिन भित्र राय सहितको प्रतिवेदन पेश गर्न निर्देशन दिईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!