हिपमत डटकम

शनिबार, आश्विन १५, २०७९ || 481  पटक पढिएको

विराटनगर। ३२ औं ज्येष्ठ नागरिक दिवसको अवसरको अवसर पारेर विराटनगर महानगरपालिकाले विराटेश्वर वृद्धाश्रमका ज्जेष्ठ नागरिकलाई पोषण खानेकुरा प्रदान गरेको छ ।

महानगरको अपाङ्गता तथा ज्येष्ठ नागरिक शाखाले आयोजना गरेको कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, वडा नम्बर ८ का वडाध्यक्ष राम पोखरेलले आश्रमका अध्यक्ष जगतप्रसाद अज्र्याललाई पोषण खानेकुरा प्रदान गर्नुभयो ।

आश्रममा रहेका ५२ जनाला वृद्धवृद्धाका लागि महानगरले हर्लिक्स, महलगायतका पोषण खानेकुरा वितरण गरेको हो । सो अवसर मेयर कोइरालाले वृद्धाश्रम सञ्चालनका लागि महानगरले सहयोग गरिरहेको बताउनुभयो ।

हरेक व्यक्ति जीवनमा एकपटक ज्येष्ठ नागरिक हुने बताउँदै उहाँले ज्येष्ठ नागरिकको सम्मानमा महानगर पछि नपर्ने उल्लेख गर्नुभयो । कोइरालाले आश्रमका लागि आवश्यक पर्ने अन्य सहयोगसमेत भविष्यमा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै वडाध्यक्ष राम पोखरेलले पनि आश्रमका लागि चालु आर्थिक वर्षमा पनि बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

सो अवसरमा मेयर कोइरालाले आश्रम परिसरमा निमको विरुवासमेत रोप्नु भएको थियो । कार्यक्रममा अपाङ्ग तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख मञ्जु लोहोनी, आश्रमका अध्यक्ष जगतप्रसाद अज्र्याललगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!