हिपमत डटकम

शुक्रबार, आश्विन १४, २०७९ || 12015  पटक पढिएको

कृष्णा कुशवाहा
कालिकामाई । इलाका प्रहरी कार्यालय कालिकामाई पर्साको नवनिर्मित भवनको उद्घाटन भएको छ । शुक्रबार एक समरोहका बीच मधेस प्रदेश प्रहरी नायब महानिरिक्षक मसऊद आलम खाले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

नेपाल प्रहरीको नियमित बजेटबाट २ करोड ३२ लाख ९२ हजार ३ सय २४ रुपैयाँको लागतमा भवन निर्माण सम्पन भएको प्रतिवेदनले देखाएको छ । उक्त भवनमा कार्यालय, व्यारेक र मेश प्रयोजनका लागि आवश्यकता अनुसारको कोठाको व्यवस्था गरिएको छ । उक्त भवनमा कार्यालय प्रमुख कार्यकक्ष कोठा , कार्यलय कोठा , गार्ड कोठा , जु प्र अ ब्यारेक कोठा , प्र ह र प्र ज ब्यारेक हाल , महिला ब्यारेक कोठा , सञ्चार शाखा , कार्यालय प्रमुख बेडरूम , थुनुवा कोठा पुरुष महिलाको लागि छुटा छुट्टै , भान्सा कोठा , द्राइनिङ हाल , स्टोर , शौचालय तथा स्नान गृह रहेको छ ।

इलाका प्रहरी कार्यालयका उद्घाटन गर्दै महानिरीक्षक खाले प्रहरी र जनता नङ मासुको सम्बन्ध रहेको र प्रहरीले सर्वसाधारण हरुको जिउ धन को सुरक्षाका लागि नेपाल प्रहरी खटिएको बताए । यसैगरी प्रहरीप्रति आमनागरिकको आस्था, विश्वास र भरोसाको साथै राष्ट्रको प्रतिष्ठा समेत जोडिएकाले प्रहरी कर्मचारीले आफ्नो व्यबसायिकता प्रदर्शन गर्दै सदैव ईमान्दार, कर्तव्यनिष्ठ र उच्च मनोबलका साथ कार्य गर्नुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय पर्सा प्रमुख रमेश बस्नेतले शान्ति सुरक्षा विना विकास निर्माण बढ्न नसक्ने बताए । विकास निर्माणलाई तिव्रता दिनका लागि शान्ति सुरक्षाको आवश्यक पर्ने भएकाले इलाका प्रहरी कार्यालय कालिकामाईको भवन निर्माण गरिएको उनको भनाई थियो । विगतको तुलनामा पालिकामा शान्ति सुव्यवस्था राम्रो भएको उहाँले बताउनु भयो । नागरिकहरु सुरक्षित हुने उहाँले बताए । यी भवन निर्माणका लागि पालिकाले जग्गा उपलब्ध गराएको र सम्बन्धित निकायले छिटो भन्दा छिटो निर्णय गरेको खण्डमा आफु आभारित हुने उनकोे भनाई छ । ग्रामीण क्षेत्रमा विभिन्न हत्या हिंसालाई नियन्त्रण गर्न शान्ति सुव्यवस्थाका लागि चौकीले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । शान्ति सुरक्षा र अपराध नियन्त्रणको लागि प्रहरीको महत्वपुर्ण भुमिका रहने उहाँको भनाई थियो ।

मधेश प्रदेश प्रहरी नायब महानिरिक्षक मसउद खाको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल , श्रीनाथ गढ पर्साका सेना प्रमुख डाईमण्ड कार्की , जिल्ला प्रहरी कार्यालयका पर्सा प्रमुख रमेश बस्नेत , सशस्त्र प्रहरी बल पर्सा १३ नम्बर गणका गणपति तेजप्रकाश पोखरेल , राष्ट्रिय अनुसन्धान विभाग पर्साका उप अनुसंधान निर्देशक दीपक खड्का , नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारी , गाउँपालिका अध्यक्ष विशिष्ठ साह लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु तथा प्रतिनिधि, प्रहरी अधिकृतहरु, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, स्थानिय बासिन्दा, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको जनाइएको छ । वडा प्रहरी कार्यालय विर्ता पर्साका प्रहरी निरीक्षक विशाल मल्लले कार्यक्रम सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक आयुष जोशीले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!