हिपमत डटकम

बुधबार, आश्विन १२, २०७९ || 5139  पटक पढिएको

विराटनगर । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेका छन्।

विराटनगरस्थित नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफुले पार्टी परित्याग गरेको जानकारी गराए। पत्रकार सम्मेलनमा आफ्ना धारणा राख्दै कार्कीले जसपाको पार्टी परिचालनको कार्यशैली समिति प्रणालिमा नभई अलोकतान्त्रीक सर्वसत्ताबादी प्रवृतिबाट संचालित रहेको आरोप समेत लगाए।

कार्कीले पार्टी स्वेच्छाचारीरुपमा संचालन गरिएको र खस आन्दोलनलाई धोका दिने काम भएकोले आफुले पार्टी परित्याग गरेको बताए। जसपामा समाहित हुनुअघि कार्कीले खस समावेशी राष्ट्रिय पार्टीको नेतृत्व गरेका कार्की १० बर्ष अघि सो पार्टी जसपामा समाहित गराएका थिए।

जसपा पार्टी परित्याग गरेपछि अब उपरान्त आफुले बिगतमा उठाउँदै आएका मुद्धाहरुलाई थप प्रभावकारीरुपमा अगाडि बढाउदै राष्ट्रिय मुक्तीको अभियानमा जुट्ने ,खस,मधेशी र आदिवासी लगायत अन्य विभिन्न मुद्धाहरुलाई उठानगर्न पहिचानबादी नयाँ पार्टी गठनगर्ने समेत कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!