हिपमत डटकम

सोमबार, आश्विन १०, २०७९ || 16275  पटक पढिएको

बिराटनगर। नेपाली कांग्रेसका युवा नेता प्रताप तामाङ्गले १ लाख २ हजार रुपैया सहयोग गरेका छन्। प्रताप तामांगले आफ्नो जन्मदिनको अवसर पारेर सुनवर्षि नगरपालिकाका २ अग्नि पिडित परिवारलाई ५१ हजारका दरले सहयोग गरेका छन्।

तामाङ्गले सुनवर्षि १ का केदार बेघा जसको केहि दिन अगाडी मात्र घरमा आगलागी भएर धनमाल जलेर नष्ट भएको थियो। प्रतापले दिएको ५१ हजार सहयोग पाएर बेघाले भने यसरि नि स्वार्थ रुपमा सहयोग गर्ने व्यक्ति कमै भेटिन्छन्। प्रताप तामाङ्ग ज्युले प्रदान गर्नुभएको यो सहयोगले हामीलाई धेरै नै राहत मिल्ने छ र हामि फेरि आफ्नो दैनिकी नयाँ तरिकाले सुरुवात गर्ने छौ। बेघाले भने मुखले भाषण गर्ने भन्दा पनि यसरि परेको बेला सहयोग गर्ने मन नै महान हुन्छन् र असल नेता पनि तिनै हुन् जसले दुखेको घाउमा मलहम लगाउछन्।

तामाङ्गले त्यसै दिन सुनवर्षि -५ का स्माईल मियाको परिवारलाई पनि ५१ हजार सहयोग गरेका छन्। मियाको पनि केहि दिन अगाडी घरमा आगलागी भएर लाखौ रुपैयाको धनमाल जलेर नष्ट भएको थियो। तामांगले हस्तान्तरण गरेको सहयोग प्राप्त गरेर मियाले भने हामीलाई पिडा परेको बेला यसरी सहयोग गर्नुहुने प्रताप भाईलाई भगवानले सधै खुशी राखुन। आफ्नो जन्मदिनको अवसरमा यसरि हामीलाई सहयोग गर्नु भयो तपाईको उज्जल भविष्यको कामना गर्दछौ मियाले भने।

यसरि आफ्नो जन्मदिनको अवसरमा आफुले कमाएको केहि रकम आफ्नो नगरको दाजुभाईलाई सहयोग गर्न पाउँदा निकै हर्षित छु ,आज म जे छु सबै उहाहरुको माया आशिर्वाद र साथले सम्भव भएको छ,आगामी दिनमा अझ सक्ने जति सहयोग निरन्तर गरिरहन्छु तामाङ्गले भने।

हुन त तामाङ्ग यति मात्र सहयोगमा सिमित छैनन् उनि आफ्नो वरिपरि कसैलाई दुख पिडा पर्दा निरन्तर सहयोग गर्छन्। उनको सम्पर्कमा आउने सबैलाई उनले केहि न केहि सहयोग गरेर नै पठाउछान् रित्तो हात कसैलाई फर्काउदैनन्। तामांगको यहि व्यवहारले उनलाई क्षेत्र न-२ मा लोकप्रिय बनाएका छन्। उनको बढ्दो राजनीतिक लोकप्रियता लोभलाग्दो छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!