हिपमत डटकम
ईटहरी ,मंसिर १८ ।

मंसिर महिनालाई बिहेको महिना पनि भनिन्छ । अहिले चारैतिर बिहेको माहोल चलिरहेको बेला हाल अमेरिकामा रहेका गीतकार तथा संगीतकार सुरेश घोन्डे गुरुङले “मेहेन्दी” बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन । गीतमा आफ्नो प्रिय मान्छेको नाममा मेहेन्दी लगाउने केटी मान्छेको उत्सुकता, चंचलता, प्रेम को भाव गीत र म्युजिक भिडियोमा देख्न सकिन्छ ।

यस गीतमा स्वर चर्चित तथा लोकप्रिय गायिका मेलिना राईको रहेको छ । गीतमा शब्द र संगीत सुरेश घोन्डे गुरुङको रहेको छ । गीतको संगीत संयोजन राजिव शाहले गरेका हुन् । अर्जुन तिवारीले छायांकन गरेको म्युजिक भिडियोमा चर्चित नायिका प्रियंका कार्की तथा मोडेल महेश खड्काको अभिनय रहेको छ । मिलन विश्वकर्माले भिडियो सम्पादन गरेका हुन् । बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशनमा भिडियो तयार भएको हो ।

बहुप्रतिभाशाली व्यक्तित्व सुरेश घोन्डे गुरुङ गीतकार, संगीतकारका अलावा मोडेल, भिडियो सम्पादक तथा निर्देशक समेत हुन् । यसघि ‘भाचिदेउ कि बारुली कम्मर’ बोलको बोलको गीत सार्वजनिक गरेर चर्चा कमाएका गुरुङले मेहेन्दी गीतबाट स्रोता तथा मिडिया हाउस बाट सकारात्मक प्रतिक्रिया तथा साथको अपेक्षा गरेका छन । सुरेश घोन्डेगुरुङको अफ़िसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!