कोराना संक्रमणको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएर भागेका बिरामीको मोबाइल ट्र‍्याकिङ गर्दा विराटनगरमा फेला परेको टेकु अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले बताए ।

उनीसँग सम्पर्क गरेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जान आग्रह गरिएको छ। डा. राजभण्डारीका अनुसार ती बिरामीलाई प्रतिष्ठानको आइसोलेसन वार्ड राख्‍ने व्यवस्था मिलाइएको छ।

अस्पतालमा बुधबार नै कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली र नेपाल आएपछि भारत भ्रमण गरेर पुनः नेपाल नै फर्किएका एक जना फ्रेन्च नागरिक भर्ना भएका थिए।

बिहीबार विहान ती ब्यक्ति कसैलाई जानकारी नदिइ अस्पतालबाट सम्पर्कबिहिन भएका थिए । अस्पतालका प्रबक्ता डाक्टर अनुप बस्तोलाले ती ब्यक्तिलाई सामान्य घाटीमा समस्या भएको र कोरोनाको डर मनमा अत्याधिक भएकाले पछिल्ला केही दिनयता निरन्तर अस्पताल धाइरहेकाे जानकारी दिए ।

उनी बुधबार साँझ अस्पताल आएकाे र राति अस्पतालमै बसेर बिहान एक्कासि सम्पर्कबिहिन हुन पुगेका थिए । उनलाइ कोरोनाको लक्षण नभएकाे र अस्पतालको सम्पर्कमा निरन्तर रहेको डाक्टर बास्तोलाले बताए ।
स्रोत -कान्तिपुर

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!