हिपमत डटकम

शुक्रबार, आश्विन ०७, २०७९ || 1179  पटक पढिएको

काठमाडौं। हास्य कलाकार महादेव त्रिपाठीको छोरा सनम राजको श्रीमती केहि समय अघि मोटरसाइकल दुर्घटनामा परि उपचारको क्रममा छिन। ठुलो दुर्घटनामा परेकी उनीलाई उपचार गर्न धेरै रकम समेत आबश्यकता परेको र पिडित परिवार अतिनै दयनिय अबस्थामा रहेको र हास्य कलाकार महादेव त्रिपाठीले आर्थिक कठिनाइ भोगिरहेको हुँदा नेपाल फिल्म सोसाइटि अमेरिका र ग्लोबल फिल्म अवार्ड अमेरिकाले अध्यक्ष नबराज श्रेष्ठको संयोजकत्वमा गो फन्ड संचालन गरि नेपाली रुपयाँ जम्मा पांच लाख पांच हजार(५०,५०००/-) संकलन गरि कलाकार महादेव त्रिपाठीलाइ हस्तान्तरण गरिएको छ।

नेपाल फिल्म सोसाईटीका केन्द्रीय अध्यक्ष तथा बरिष्ठ अभिनेता कृष्ण मल्ल, बरिष्ट निर्देशक उज्जवल घिमिरे, नेपाल फिल्म सोसाईटी महासचिब राजेश बिशुराल र नेपाल फिल्म सोसाईटीको सदस्य दुर्गा बिसुरालले फिल्म सोसाइटिको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि हास्य कलाकार महादेब त्रिपाठीलाइ उक्त रकम हस्तान्तरण गरिएको हो।

उक्त गोफण्ड अभियानमा सुनिल पाठक अल स्टेट इन्स्योरेन्स कम्पनि, डिक्की शेर्पा, शेर्पा हाउस गोल्डेन र कृष्ण सुनारले सबै भन्दा बेसी सहयोग गरेका थिए भने सम्पूर्ण अन्य सहयोगी दाताहरु सहित सम्पूर्णलाइ समेत नेपाल फिल्म सोसाइटि अमेरिका र ग्लोबल फिल्म अवार्ड अमेरिकाका अध्यक्ष नबराज श्रेष्ठले धन्यवाद प्रकट गरेका छन्।

नेपाल फिल्म सोसाइटि अमेरिका र ग्लोबल फिल्म अवार्ड अमेरिकाले भुकम्प, कोभिड, बाडीपिडित देखि कलाकार, अनाथ दुखिलाइ सदैब सेवा सहयोग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!