हिपमत डटकम

बिहिबार, आश्विन ०६, २०७९ || 29919  पटक पढिएको

बिराटनगर। रियलमी प्रेजेंट्स सुपर डान्सर नेपाल हाल कान्तिपुर टेलिभिजन अनि ओएसआर रियालिटी युट्युब मार्फत प्रशारण भईरहेको छ । नेपालि बिज्ञापन बजारको चिर परिचित एबं सफल संस्था ए डी रिलिजको प्रस्तुति अनि निर्माण रहेको सुपर डान्सर नेपालको १२ एपिसोड प्रसारण भईसकेका छन् भने हाल उत्कृष्ठ दश सुपर डान्सरले आफ्नो दमदार नृत्यका बिभिन्न कला देखाई रहेका छन्।

यसै बीच चर्चित अभिनेत्री स्वस्तिमा खड्का आगामी एपिसोडमा देखिदैछिन, आफ्नो अभिनय कौशल अनि नृत्यकलाका कारण चर्चित छिन । स्वस्तिमाले थुप्रै सिनेमा अनि म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन, प्राय जस्तो उनि अभिनित गीतहरु हिट समेत भएका छन्।

खड्काले सन् २०१५ को किशोर प्रेमप्रसङ्गयुक्त ‘होस्टल रिटर्न्स’मा अभिनेत्रीको रूपमा पदार्पण गरेकी थिइन्, जसका लागि उनलाई सर्वश्रेष्ठ सहायक अभिनेत्रीको लागि राष्ट्रिय चलचित्र पुरस्कारका लागि मनोनयन गरिएको थियो। यो प्रारम्भिक सफलता व्यवसायिक रूपमा सफल चलचित्रहरूको शृङ्खलाद्वारा पछ्याइएको थियो। सिनेमामा उनको अभिनयले राम्रै प्रशंशा पनि प्राप्त गरेको थियो।।

रियलमी प्रेजेंट्स सुपर डान्सर नेपालको आउदो बिशेष एपिसोडमा स्वस्तिमाले सुपर दश भाई बहिनिहरुलाई हौसाउनुका साथै आगामी दिनमा मेहनत अनि राम्रो गर्न शुभकामना पनि दिएकी छन, साथै उनले आफ्नो सुपर हिट गीतमा जोडदार प्रस्तुति समेत दिने छिन । स्वस्तिमाको सहभागिता रहेको उक्त एपिसोड निकै रमाइलो हुनेछ।

सिनेमा दुई रुपैयाको चर्चित गीत कुटुम कुटुको प्रशंगमा समेत रमाइलो हुने वाल छ किनकि बिर्कोमा लाको चिनीमा कसरी पस्यो कमिला भन्ने कुरामा उनि अझै अनबीज्ञ नै रहेको कुरा समेत उनले रमाइलो ढंगले सुनाएकि छिन्। यो शोको नयाँ शृंखला बिहिबार अनि शुक्रबार राती ९ बजे कान्तिपुर टेलिभिजन अनि ओएसआर रियालिटी युट्युबमा प्रशारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!