हिपमत डटकम

बिहिबार, आश्विन ०६, २०७९ || 45357  पटक पढिएको

बिरगंज। बारा प्रहरीले लागु औषध गाजा सहितको टेम्पु र चालकलाइ नियन्त्रणमा लिन सफल भएको छ । बिशेस सुचनाको अधारमा प्रहरी चौकि पथलैयाबाट खटिएको प्रहरी टोलिले लागु औषध गाजा बोकेको टेम्पु र चालक सहित सवार रहेको एक ब्यक्तिलाइ नियन्त्रणमा लिन सफल भएको हो ।

आज बिहान करीब ६ बजेको समयमा सुचना पाउनसाथ प्रहरी चौकि पथलैयाबाट प्रहरी सहायक निरीक्षक मनोज यादवको कमान्डमा खटिएको टोलिले ना १ ह ५८९३ नम्बरको टेम्पूमा लोड रहेको ३२ किलोग्राम लागु औषध गाजा सहित दुइ जनालाइ नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ । बारा प्रहरीले जनाए अनुसार मकवानपुर जिल्लाको हेटौडा उप-महानगरपालिका वडा नम्बर १९ बस्तिपुर बस्ने हिरालाल स्याङ्गतान र सोहि निवासी लक्षमि मोक्तानलाइ नियन्त्रणमा लिएको जनाएको छ ।

यता इलाका प्रहरी कार्यालय सिमराले पक्राउ गरिएको लागु औषध गाजा सहितको टेम्पु र चालकका साथै सवार रहेको ब्यक्ति माथि अनुसन्धान भइरहेको जनाएको छ । लागु औषध सहित पक्राउ परेकाले उनिहरूलाइ म्याद थप गरि अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!