हिपमत डटकम

बुधबार, आश्विन ०५, २०७९ || 1216  पटक पढिएको

विराटनगर । आसन्न निर्वाचनमा निजी क्षेत्रका बलिया उम्मेदवार महेश जाजुलाई कांग्रेसले न्याय गर्ने आशा गरिएको छ ।

विगतमा २ पटक समानुपातिकमा राखेर अन्तिम नामावलीमा समावेश नगरिएका जाजुलाई पराजित निश्चित भएपनि राष्ट्रिय सभामा उठाएको थियो र, जाजुले कांग्रेसको निर्णयलाई स्वीकार गरेका थिए

मोरङ व्यापार संघका पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वसदस्य, कम्तिमा ५ हजारलाई रोजगारी दिइरहेको धोनी साबुन, रमपम चाउचाउ, गुडलाइफ बिस्कुट ,इमालु बम चकलेट जुसलगायत उत्पादनका संचालक जाजु खुलेरै कांग्रेस संगठनमा सक्रिय छन् । ‘जाजुलाई यसपटक पनि समावेश गरिएन भने उनलाई अन्याय गरिएको ठहरिने छ’ एक उद्योगीले भने, ‘जाजुजस्ता निश्कलंक व्यक्तिलाई कांग्रेसले पाउनु ठूलो कुरा हो, उनलाई यसपटक न्याय गर्नुपर्छ ।’

सूत्रका अनुसार जाजुलाई समानुपातिकमा सूचीमा समावेश गरेको आश्वासन आएको छ तर, ‘कन्फर्म” भने छैन। समावेश नै हुने गरी सूचिकृत भए वा भएनन् भनेर अहिलेसम्म कुनै नेताले खुलेर कुरा बाहिर ल्याएका छैनन् ।

‘अवसर पाए भने दिइएको भूमिकामा काम गर्छु तर, पाइन भनेर मरिहत्ते पनि गर्दिनँ’ जाजुले भने, ‘एउटा कुरा सत्य के हो भने कांग्रेसमा म जसरी लागे अरुतिर कोही यसरी लाग्ने हो भने मन्त्री नै भइसक्ने थिए तर, मैले यसपटक न्याय पाउने आशा गरेको छु।’

जाजु सफल उद्यमी हुन् । सामान्य कपडा व्यापारबाट बामे सर्दै संघर्ष गरेका जाजु अहिले आधा दर्जनभन्दा बढी ब्राण्डेड ठूला उद्योगका संचालक हुन् । उनी एसियन थाइफुड्सका प्रबन्ध निर्देशक हुन्।

यो खबर आजको न्यु सृष्टि दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!