हिपमत डटकम

सोमबार, आश्विन ०३, २०७९ || 1149  पटक पढिएको

टुकुचा खोलामाथि निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरपालिकाले जारी राखेको छ । पाटन जिल्ला अदालतले टुकुचामाथिको अनधिकृत संरचना हटाउन आइतबार आदेश दिएको थियो । तर महानगरले अदालतको आदेशबारे केही जानकारी नआएको जनाएको छ ।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अदालतले जारी गरेको आदेशको लिखित जानकारी आफूले नपाएको बताए । उनले भने, ‘अदालतले के निर्देशन दिएको हो त्यसबारेमा हामीलाई जानकारी छैन । बाहिर आएको कुरा सही हो कि गलत हो भन्ने जानकारी पत्र नआइकन भन्न सकिँदैन । ’

उनले अदालतको आदेश सम्बन्धमा कार्यालयमा कुनै जानकारी नआएको र अदालतको सम्मान आफूहरुले गर्ने बताए ।

टुकुचाको अतिक्रमण हटाउनका लागि महानगरले अहिले कमलादीको लक्ष्मी बैंक उत्तरतर्फ निर्माणाधीन भवन नजिकै डोजर चलाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!