बडा दशैंको अवसर पारेर यही असोज १३ गतेदेखि १५ गतेसम्म मधेश प्रदेशको मुटु मानिने ईश्वरपुर नगरपालिकाको वडा नम्बर १२ कालिन्जोर, सर्लाहीमा ‘प्रथम मधेश प्रदेश खुल्ला भलिवल प्रतियोगिता २०७९’ आयोजना हुने भएको छ । तीन दिनसम्म चल्ने प्रतियोगितामा मधेश प्रदेशभरीबाट खेलाडी टिमले सहभागिता जनाउन पाउनेछन् ।

भलिवल प्रतियोगितामा विजेता हुने टिमलाई नगदसहित विभिन्न पुरस्कारहरु प्रदान गरिने आयोजक कमिटी कालिन्जोर यूवा समुहले जानकारी गराएको छ । प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीहरुको पनि सहभागिता रहने बताइएको छ । प्रतियोगिताको दौरानमा विभिन्न सांस्कृति कार्यक्रम, भेषभुषा प्रदर्शनीका साथै फूड फेस्टिभल पनि हुनेछ ।

भलिवल प्रतियोगिता आयोजना गर्नुको उद्देश्य देश तथा विदेशमा कालिन्जोरमा रहेको पर्यटकीय गन्तव्यको प्रचार गर्नु रहेको स्थानीय शिक्षक भीम खड्काले जानकारी दिए । कालिन्जोर १२ मा मधेश प्रदेशकै सबैभन्दा अग्लो चुचुरो रहेको छ, जसलाई राजारानी डाँडा भन्ने गरिन्छ । भलिवल प्रतियोगितासहितको सांस्कृति कार्यक्रम कालिन्जोरको वडा कार्यालयको खेल मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!