हिपमत डटकम
धरान ,मंसिर–१७ ।
सुनसरीको धरान उपमहानगरमा निर्वाचनका समय जनताको घरदैलो जांदा कर वृद्धिको विषयमा जनताको व्यापक गुनासो र असन्तुष्टि आएको जनाउदै करलाई घटाउन नेकपाले निर्देशन दिएको छ ।
जनताको अभिमत तथा सुझावको उच्च सम्मान गर्दै धरान उप महानगरपालिकाबाट आर्थिक वर्ष २०७६÷०७७ का लागि लागु गरिएका करका दर पुनरावलोकन गरी तत्काल करका दरहरु घटाउन संयोजक रमेश बस्नेतद्धारा हस्ताक्षरित जारी विज्ञप्तीमा जनाएको छ ।

धरान उप महानगरपालिकाले लगाएको करको दर पुनरावलोकन गरी घटाउन नेपाल कम्युनिष्ट पाटी नेकपाले धरान उपमहानगर संसदीय दललाई निर्देशन दिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

मंगलबार नेपाल कम्युनिष्ट पार्टी नेकपा धरान उपमहानगर निर्वाचन परिचालन कमिटी सचिवालय बैठक पछि प्रेस विज्ञप्ती जारी गर्दै कर पुनरावलोकन गरी कर घटाउन भनेको छ, यद्दपि यस बिषयमा चुनाव अगाडि यो निर्णय हुनु पर्नेमा अहिले पराजित भए पछि यो निर्णय हुनु अबैज्ञानिक निर्णय हो भन्दै केहि नेता कार्यकर्ताहरुले असन्तुष्टि जनाएका छन ।

मुलत यो निर्णय निर्वाचनमा नेकपा पराजित भएपनि जनताको असन्तुष्टिलाई सम्बोधन गर्ने काममा नेकपाले अग्रसरता देखाएको अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!