कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-७ कालिका चोकमा से.६ प ९६५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार कैलारी गाउँपालिका-३ बस्ने १६ वर्षीय अङ्केश्वर चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका मोटरसाइकल चालकलाई सोही अस्पताल हुँदै थप उपचारका लागि निसर्ग अस्पताल धनगढीतर्फ रिफर गरिएको छ ।
त्यसैगरी कास्की जिल्लाको पोखरा महानगरपालिका-२९ धर्मकाटास्थित सडकमा ग.२३ प १९६२ नम्बरको मोटरसाइकल र ग.१३ प ३११३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा ग.१३ प ३११३ नम्बरको मोटरसाइकल चालक सोही महानगपालिका-२९ तालचोक बस्ने ३२ वर्षीय सुदिप अधिकारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिीम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।