हिपमत डटकम

आइतबार, आश्विन ०२, २०७९ || 344  पटक पढिएको

मकवानपुर जिल्लाको मनहरी गाउँपालिका-९ भलाद्मी चोकबाट करिब १५ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा महोत्तरी एकटाँगा गाउँपालिका-४ बस्ने २१ वर्षीय नितेष कुमार यादव र सोही ठाउँ बस्ने २२ वर्षीय कमल साह रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी  बाँके जिल्लाको कोहलपुर नगरपालिका-१२ चप्परगौडी बस्ने ३८ वर्षीया यसोदा कार्की, उनकै श्रीमान ४१ वर्षीय रुद्ध बहादुर कार्की र सोही नगरपालिका-१२ बस्ने २० वर्षीय मनोज गिरीलाई २६ ग्राम ४ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले मनोजलाई करिब १ सय १० मिलिग्राम उक्त लागूऔध सहित पक्राउ गरी थप अनुसन्धान गर्ने क्रममा उनले उक्त लागूऔषध यसोदाबाट खरिद गरी ल्याएको खुल्न आएपछि यसोदाको घर तलासी गर्दा दराजभित्र लुकाई राखेको अवस्थामा थप २६ ग्राम २ सय ९० मिलिग्राम उक्त लागूऔषध, डिजिटल तराजु १ थान, नगद ५ लाख ७३ हजार ८ सत १० रूपैयाँ फेला पारी बिक्री गर्ने कार्यमा संलग्न रुद्ध बहादुर समेतलाई पक्राउ गरेको हो ।

त्यसैगरी  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका-३ लक्ष्मीनगरस्थित जामिना रहमानी कम्पलेक्समा बस्ने ३१ वर्षीय जमालदिन मियाँ र दाङ घोराही उपमहानगरपालिका-९ पर्सेनी घर भएकी १८ वर्षीया किशोरीलाई २ किलो ७ सय ग्राम अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जमालदिनको घर तलासी गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!