हिपमत डटकम

शनिबार, आश्विन ०१, २०७९ || 10259  पटक पढिएको

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । दुई नेताबीच भट्टराई निवास टोखामा भेटवार्ता भएको हो । दाहाल डिनर खानेगरि हिजो साँझ भट्टराई निवासमा पुगेका थिए । दाहाल र भट्टराईबीच आगामी निर्वाचनलक्षित कुराकानी भएको थियो ।

भेटवार्ताबारे जानकारी दिँदै भट्टराईले लेखेका छन्–‘लामो समय पछि क. प्रचण्डसंग गम्भीर वैचारिक-राजनीतिक छलफल! पारिवारिक वातावरणमा केही रमाइलो पनि! युगीन प्रचण्ड ‘हबा’ संग दंग !”

आगामी मंसिर ४ गते हुने निर्वाचनमा भट्टराई माओवादी केन्द्रको चिन्हबाट चुनाव लड्दैछन् । बाबुरामले माओवादी त्यागेको ७ वर्षपछि प्रचण्ड र उनीबीच पूनः सहकार्य हुन लागेको छ । कतिपय नेताहरुले दुई नेताबीच चुनावअघि नै एकता गर्न दबाब दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!