हिपमत डटकम

शनिबार, आश्विन ०१, २०७९ || 519  पटक पढिएको

दशैं, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुलाई लक्ष्य गरेर सरकारले शनिवारदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ ।

देशका विभिन्न क्षेत्रबाट संघीय राजधानी काठमाडौंमा अध्ययन, व्यापार, व्यवसाय तथा रोजगारीका लागि आएकाहरू चाडपर्व मनाउन घर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

एकैपटक लाखौं व्यक्तिले काठमाडौं छाड्ने हुँदा यात्रुको भीड बढ्ने भएकोले विगतदेखि नै दशैं अगाडि टिकटको अग्रिम बुकिङ खुला गरिँदै आएको छ ।

यातायात व्यवसायी, ट्राफिक प्रहरी र सरोकारवाला निकायको सहकार्यमा गत भदौ २२ गते बसेको बैठकको निर्णयअनुसार यातायात व्यवस्था विभागले शनिवारदेखि अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको जानकारी दिए । नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलंकी लगायत स्थानबाट अग्रिम टिकट बुकिङ शुरू गरिएको उनले बताए ।

अध्यक्ष स्वाँरका अनुसार पश्चिमको धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभिट्टा, उदयपुर लगायत स्थानमा जानका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । यातायात व्यवसायीले भने देशका मुख्य सडकलाई मर्मतसम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायसँग अनुरोध समेत गरेका थिए ।

यस वर्षको अग्रिम टिकट बुकिङ खुला गर्नका लागि नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रा.लि.ले यातायात व्यवसायीको सहकार्यमा टिकट बुकिङ काउण्टर थप गरेको छ । प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले दशैंमा घर जाने यात्रुलाई व्यवस्थित रूपमा टिकट प्रदान गर्नका लागि बस टिकट काउण्टर थप गरिएको जानकारी दिए ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्ष्य गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले उक्त कक्षमार्फत राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर निर्धारका साथै यात्रुलाई गन्तव्यस्थलसम्म सहजै पुग्न समन्वय गरिने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!