हिपमत डटकम

शुक्रबार, भाद्र ३१, २०७९ || 3706  पटक पढिएको

झापा । झापाको मेचीनगर नगरपालिका-६ स्थित रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नव निर्मित कार्यालय भवन उदघाटन भएको छ । आज बिहान एक कार्यक्रमको आयोजना बिच १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय श्री केदार कार्कीले नव निर्मित भवनको उदघाटन गर्नु भएको हो ।

भवन उदघाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्नु हुदै मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको जिम्मेवारी लिएर बसेको प्रहरी असुरक्षित भयो भने मात्र सयौं नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र ब्यवस्थित हुनु पर्ने बिषयमा जोड दिनु भयो ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्नु हुँदै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई भौतिक सुबिधा सम्पन्न यस्ता भवनले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई नागरिकको सुरक्षामा खटिने बताउनु भयो । साथै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै जोश र उर्जाका साथ सीमावर्तीक्षेत्रमा हुने अपराध, चोरी तस्करी नियन्त्रण गरी नागरिकहरुको जिउधनको सुरक्षामा खटिन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भएको थियो ।

नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित रकम २ करोड ८३ लाख ३४ हजार ६ सय ४१ रुपैया ६८ पैसाको लागतमा निर्माण सम्पन भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!