हिपमत डटकम

बिहिबार, भाद्र ३०, २०७९ || 629  पटक पढिएको

पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई जग्गा उपलब्ध गराउन मन्त्रिपरिषद्ले आवश्यक निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद् नुवाकोटको विदुरमा रहेको सो शिक्षालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने निर्णय भएको हो ।

विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले सरकारको निर्णयसँगै शिक्षालयको नाममा १४२ रोपनी लिजमा लिन बाटो खुलेको बताइन् । ‘पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय विदुर नुवाकोटको नाममा १४२ रोपनी जग्गा उपलब्ध गराउने निर्णय भएको छ’, उनले भनिन्, ‘नुवाकोट र अझ विशेष विदुरको लागि जीवन उपयोगी प्राविधिक शिक्षाको हिसावले यो ऐतिहासिक रहनेछ ।’

सिटिइभिटीअन्तर्गत नुवाकोटको विदुर नगरपालिका–१ मा यो शिक्षालय स्थापना गरिएको छ । नुवाकोटको तुप्चेमा जन्मिएका पोष्टबहादुर बोगटीको २०७१ भदौ ३० गते हृदयघातका कारण निधन भएको थियो । इमान्दार तथा जनप्रिय नेताको रुपमा रहेको उनको छविको सम्मानका लागि सिटिइभिटीमार्फत उनकै नाममा नुवाकोटमा शिक्षालय स्थापना गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!