हिपमत डटकम

बुधबार, भाद्र २९, २०७९ || 1363  पटक पढिएको

पूर्व न्यायाधीश फोरम नेपालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग सिफारिस समिति समक्ष पूर्व न्यायाधीशहरूका बारेमा लगाएका आरोपको प्रमाण पेस गर्न चुनौती दिएको छ । फोरमका अध्यक्ष टोपबहादुर सिंहले बुधबार आयोजित पत्रकार सम्मेलनमा आफूहरुले निलम्बित प्रधानन्यायाधीश जबरासमक्ष कहिल्यै कुनै प्रकारको भागबण्डा वा कुनै प्रकारको स्वार्थ पूर्तिका लागि मागदाबी नगरेको जिकिर गर्दै जबराले महाभियोग सिफारिस समिति समक्ष बयानका क्रममा आफूहरुमाथि लगाइएको आरोप गलत र झुठा रहेको दाबी गरे ।

उनले आफूहरुका तर्फबाट त्यस्तो भागबण्डा माग गरेको भए प्रमाण पेस गर्न पनि निलम्बित प्रधानन्यायाधीश जबरालाई चुनौती दिए । उनले कानुन बमोजिम दर्ता भई कार्यरत पूर्व न्यायाधीश फोरम र सो संस्थामा आवद्ध सबै पूर्व न्यायाधीशको मर्यादामा आघात पुग्ने गरी जबराले व्यक्त गरेको धारणाको निन्दासमेत गरे ।

उनले महाभियोगका सम्बन्धमा हतारमा निर्णय नगरी गहन र विस्तृत अध्ययन तथा अनुसन्धान गर्न पनि संसदसमक्ष माग गरेका छन् । निलम्बित प्रधानन्यायाधीश जबरामाथि गम्भीर आरोप लागेको र ती आरोपका सम्बन्धमा गम्भीरतापूर्वक नै अनुसन्धान तथा छानबिन गर्नुपर्ने भन्दै उनले संसदको कार्यकाल सकिन लाग्यो भन्दैमा यस्तो विषयमा हतार गर्न नहुने प्रस्ट पारे ।

यो संसदले समयाभावका कारण महाभियोगबारे निष्कर्ष निकाल्न नसकेको अवस्थामा आगामी मङसिरपछि आउने संसदले त्यसको दायित्व लिनेगरी महाभियोगको विषयलाई कायमै राखेर जान सकिने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!