बुधबार, मंसिर १८, २०७६ || 1961  पटक पढिएको

हिपमत डटकम
झापा ,मंसिर–१७ ।
झापाको बिर्तामोड नगरपालिका-३ बुद्दमार्ग बस्ने मिलन फुयलको ४ बर्षिय छोरा ओस्कर फुयलले बाटोमा खेल्ने क्रममा सोहि ठाउमा उम्रिएको च्याउ खाएर बिरामी परेका छन । मंगलबार दिउँसो सवा ३ बजेको समयमा च्याउ खाएर बिरामी भएपछी उनलाई उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगीएको ईलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
घरबाट हराएका बृद्द जंगलमा मृत फेला
खोटाङ, मंसिर १८ गते ।

खोटाङको ऐसेलुखर्क गाउँपालिका-२ देउराली स्थित जंगलमा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-४ काउले बस्ने ६० बर्षिय टंक बहादुर राई मृत अवस्थामा फेला परेका छन् । गत १४ गते घरबाट घरमा कोही कसैलाई जानकारी नगराई हिडेका उनलाई खोजतलाश गर्दै जाने क्रममा आफन्तले मंगलबार साझँ साढे ५ बजेको समयमा उक्त जंगलमा मृत अवस्थामा फेला पारेका थिए । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट प्रहरीको टोली खटि आवश्यक कानूनी प्रकृया पुरा गर्नुका साथै थप अनुसन्धान कार्य गरीरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!