हिपमत डटकम

बुधबार, भाद्र २९, २०७९ || 2317  पटक पढिएको

साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने नेपाल र भारतबीचको फाइनल खेल राति ८:१५ बजे सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै नेपाल उपाधि रक्षा गर्ने योजनामा छ । समूह चरणमा अपराजित हुँदै नेपाल फाइनल पुगेको हो । नेपालले समूह चरणको अन्तिम खेलमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो । त्यसैले आज नेपाल आफ्नो लयलाई कायम राख्न चाहन्छ ।

नेपालले सेमिफाइनल खेलमा श्रीलंकालाई ६–० गोल अन्तरले हराएको थियो । यता साविकको विजेता भारत पनि उपाधि उचाल्ने योजनामा छ । तुलनात्मक रुपमा भारत नेपालमाथि हावी हुँदै आएपनि यो सिजन भने नेपालको प्रदर्शन उत्कृष्ट छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आफूहरु उपाधिका लागि खेल्ने बताए । भारतविरुद्धको खेल सहज नहुने बताउँदै उनले आफूहरुले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने बताए । प्रतियोगितामा नेपाल अपराजित रहदै फाइनल पुगेको हो । भारतले भने समूह चरणमा एक हार व्यहोरेको थियाे ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!