हिपमत डटकम

बुधबार, भाद्र २९, २०७९ || 783  पटक पढिएको

मोरङ निर्वाचन क्षेत्र-३ बाट राप्रपाबाट प्रतिनिधि सभा चुनावमा सिफारिस भएकी नायिका तथा नेतृ रेखा थापा चुनावी अभियानमा जुटेकी छिन् । थापा पहिलो पटक प्रतिनिधि सभा प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा छिन् ।

चुनावी अभियान अन्तरगत उनले निर्वाचन क्षेत्र मोरङ-३ मा पर्ने पथरीशनिश्चरे,कानेपोखरी,बेलबारी र सुन्दर हरैँचाका मतदातासँग भेटघाट गरिन । उनले मोरङ-३ का विभिन्न गाउँ तथा नगरका वडाहरुमा स्थानीयहरु सँग समस्याहरूबारे जानकारी लिइन ।

घरदैलोका क्रममा उनले जनताले नै मतदान गरेर जिताएपछि जनतालाई घृणा,दास र जनताको जीवनलाई नर्क बनाउने, जनताको भोटलाई खरिद विक्री गर्ने, जनतालाई भोट बैंकको रुपमा मात्रै प्रयोग गर्नेलाई अब जनताले भविष्य सुम्पिनु नहुने बताइन ।

मोरङ क्षेत्र नम्बर-३ बाट नेकपा एमालेका तर्फबाट पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल उठ्ने चर्चा छ । त्यस्तै कांग्रेसका तर्फबाट मेडिकल व्यवसायी सुनील शर्माको नाम चर्चामा छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!