हिपमत डटकम

मंगलबार, भाद्र २८, २०७९ || 46153  पटक पढिएको

बिराटनगर । लोकप्रिय सारंगी बादक हेमन्त कान्छा रसाइलीको एकल सारङ्गी साँझमा बेलायतमा बस्ने नेपालीहरु झुमेका छन् ।

गायक, गीतकार तथा संगीतकारसमेत रहेका रसाइलीको एकल सारङ्गी साँझ अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न भएको हो । गैरआवासीय नेपाली संघ एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरको प्रमुख आतिथ्यतामा रसाइलीको एकल साँझको आयोजना गरिएको हो ।

मोना यूकेको निमन्त्रणामा बेलायत भ्रमणमा रहेका रसाइलीको त्यही क्रममा सारङ्गी साँझको आयोजना गरिएको हो । हालसम्म १२ हजारभन्दा बढी गीतहरुमा सारंगीका धुनहरु रेकर्ड गरिसकेका छन् भने ४ दर्जनभन्दा बढी गीतहरुमा स्वर, संगीत भरिसकेका गायक तथा सारङ्गीबादक रसाईलीको कार्यक्रम हेर्न ठूलो संख्यामा बेलायतमा रहेका नेपालीहरु पुगेका थिए ।

काँचो सुन्तला, कैले तिम्रो बन्न सकिनँ,पराइ ठानेपछिु, लगायतका दर्जनबढी हिट गीतका सर्जक समेत रहेका रसाईलीले लाई सारङ्गी साँझमा गीता पाइजा, बिमला श्रीसले साथ दिएका थिए । उनलाई वाद्यवादकतर्फ मिन गुरुङ मादलमा, देनेश गुरुङ बाँसुरीमा, कुमार गुरुङ हार्मोनियममा, दिप्सन बिक गितारमा, बिलन थापा अक्टोप्याडमा, तुलसी राना मादलमा र रेशम पाचयले ढोलक तबलामा साथ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!