हिपमत डटकम

मंगलबार, भाद्र २८, २०७९ || 2643  पटक पढिएको

कर्णाली प्रदेशले नवौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा कर्णालीले मधेस प्रदेशलाई ३ रनले हराएको हो ।

कीर्तिपुरस्थित टियु मैदानमा कर्णालीले दिएको ११५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मधेसले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनायो । मधेसका लागि हरिशंकर शाहले सर्वाधिक ४८ रन बनाए । त्यस्तै राकेश कामतले अविजित १९ रन बनाए ।

कर्णालीका लागि दिनेश अधिकारीले तीन विकेट लिए । त्यस्तै दिवान पुन र रवीन्द्र जंग शाहीले दुई/दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले २० ओभरमा अलआउट हुँदै ११४ रन जोडेको थियो ।

कर्णालीका लागि विपिन रावलले २४ रन बनाएका थिए । त्यस्तै प्रकाश जैशीले १९ रन बनाउँदा दिनेश अधिकारीले १५ रनको योगदान गरे । मधेसका आदिल आलमले पाँच विकेट लिए । त्यस्तै हरिशंकर शाहले २ विकेट लिए । जितसँगै समूह ‘ए’ मा कर्णालीले ४ खेलमा ५ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ ।

मधेसले ५ खेलमा ३ अंक जोडेर मधेस चौथो स्थानमा छ । यसै समयमा हुने भनिएको मुलपानी क्रिकेट मैदानको खेल भने रद्द भएको छ । ​मुलपानिमा पुलिस र गण्डकी प्रदेशका खेल हुने तालिका थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!