हिपमत डटकम

मंगलबार, भाद्र २८, २०७९ || 884  पटक पढिएको

नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकांग्रेसका अध्यक्ष लि चान्सु र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबीच संसद् भवन नयाँ बानेश्वरमा मंगलबार बिहान भेटवार्ता भएको छ ।

प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार भेटमा अवसरमा दुवै देशको भौगोलिक अखण्डता, शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमिकताको सम्मान गर्दै विगतमा दुवै देशको बीचमा भएका सरसहयोग र घनिष्ठ सम्बन्धको चर्चा भएको थियो । आगामी दिनमा आपसी हितका विषयमा काम गर्ने, संसदीय सहयोग आदान प्रदान गर्ने र उच्च स्तरीय भ्रमण गर्ने विषयमा छलफल भएको थियो |

भेटमा अध्यक्ष तिमिल्सिनाले विगतका उच्चस्तरीय भ्रमण र दुवै पक्षबीच भएका समझदारीहरुको स्मरण गर्दै दुई देशको सम्बन्ध सदियौँदेखि हिमाल जस्तै अटल र नदी जस्तै निर्मल रहेको र चीन नेपालको महत्त्वपूर्ण विकास साझेदार रहेकोले नेपालको समृद्धिमा पुर्‍याएको योगदानका लागि धन्यवाद दिएका थिए । उनले एक चीन नीतिको नेपाल पक्षमा रहेको र सुरक्षा चासोमा नेपाल प्रतिबद्ध रहेको जनाउनु भयो । विगतमा भएको बेल्ट एण्ड रोड इनिसियटिभ सम्झौता कार्यान्वयन, हिमाल वारपार (केरुङ-काठमाडौँ) रेल सेवाको विस्तृत अध्ययन, कोभिडका कारण प्रभावित भएका चिनियाँ कम्पनीहरूले कार्यान्वयन गर्दै गरेका नेपालका परियोजनाहरू पुनः संचालन तथा चाडवाडको समयमा बन्द रहेका तातोपानी, केरुङ, कोराला लगायतका नाका खोल्ने कार्यमा सहयोग गर्न अध्यक्षले अनुरोध गरेका थिए ।

जवाफमा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्षले नेपालको चासो छिट्टै पूरा गर्ने आश्वासन दिएका थिए । दुई पक्षीय वार्ता करिब एक घण्टा चलेको थियो | दुई पक्षीय वार्तामा राष्ट्रिय सभाको प्रतिनिधि मण्डलको तर्फबाट अध्यक्ष तिमिल्सिनाले नेतृत्व गरेका थिए भने चिनियाँ पक्षबाट अध्यक्ष लिको नेतृत्वमा प्रतिनिधि मण्डल सहभागी भएको थियो । नेपालको तर्फबाट १८ सदस्यीय प्रतिनिधि मण्डलमा देवेन्द्र दाहाल, गोपी बहादुर सार्की अछामी, रमेशजंग रायमाझी, डा. वेदुराम भुसाल, प्रमीला कुमारी, शेखर कुमार सिंह, तुल प्रसाद विश्वकर्मा, डा. विमला राई पौड्याल, खिमलाल देवकोटा, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँल, परराष्ट्र सचिव लगायतका पदाधिकारी सहभागी थिए |

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!