हिपमत डटकम

मंगलबार, भाद्र २८, २०७९ || 721  पटक पढिएको

दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका-६ स्थित बिगबेली फ्यामिली रेष्टुरेन्ट एण्ड लजबाट १ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २४ वर्षीय अमृत चौधरी लगायत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त लजमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले लजको कोठामा बसेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका-१० आनन्द टोल डेरा गरी बस्ने भारत घर भएका २५ वर्षीय समिर सिद्धिकी र उनकै श्रीमती रिजु कुमारी दासलाई ८ ग्राम २ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यसैगरी बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-७ टेडा पुल नजिकै भित्री सडकबाट करिब ११ केजी अवैध लागूऔषध गाँजा सहित पर्सा वीरगंज महानगरपालिका-३२ बस्ने २७ वर्षीय फरीयाद अन्सारी लगायत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जितपुरबाट हरपुरतर्फ जाँदै गरेको ना.२ ह २६२८ नम्बरको अटोलाई ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी अटो चालक अन्सारी लगायत उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!