हिपमत डटकम

मंगलबार, भाद्र २८, २०७९ || 6836  पटक पढिएको

झापा। झापाको भद्रपुर नगरपालिका-२ को देउनिया पुलमा सोमवार दिउँसो सवारी दुर्घटना हुँदा १ जना पैदल यात्रीको मृत्यु भएको छ ।

झापाको पृथ्वीनगरबाट भद्रपुर तर्फ आउदै गरेको प्रदेश १-०१-००१ ख ३६५९ नम्बरको ट्रकले पैदल यात्री स्थानीय ३५ बर्षीया तुलसा खवास लामा र उनको २ बर्षीया छोरी रुक्सना लामालाई ठक्कर दिंदा ट्रक अनियन्त्रित भई पुलबाट खोलामा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाईते भएका आमा छोरी र ट्रकका सह-चालक बिर्तामोड-२ झापाका २४ बर्षीय अनिल हस्दा र ५२ बर्षीय बुद्दलाल राजबंशीलाई उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा उपचारको क्रममा तुलसा खवासको मृत्यु भएको हो ।

ट्रक चालक पाँचथर हिलिहाङ-६ का योगेश सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घाईते तीनै जनाको बिएनसी अस्पताल बिर्तामोडमा थप उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!