बिहिबार, फाल्गुण २२, २०७६ || 1229  पटक पढिएको

पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ परेका छन्। थापाको हत्या भएको १५ वर्षपछि मुख्य आरोपीत पक्राउ परेका हुन्। थापा हत्याका मुख्य आरोपीतमध्ये दुल्लू नगरपालिका–६ छिउडीपुसाकोटका ३९ वर्षीय ‘अरुण’ भन्ने बमबहादुर खड्का पक्राउ परेका हुन्।

शान्ति प्रक्रियापछि पनि पक्राउ पर्ने डरले लुकीछिपी बस्दै आएका खड्कालाई कैलाली प्रहरीले पक्राउ गरी अड्डासार गर्दै जिल्ला प्रहरी कार्यालय दैलेखमा जिम्मा छोडेपछि मंगलबार दैलेख जिल्ला अदालतमा पेश गरिएको डिएसपी हरिबहादुर ओलीले बताए।

मंगलबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको आदेशबाट खड्कालाई पुर्पक्षका लागि कारागार चलान गर्ने र मुल्तवीमा रहेको मुद्दा जगाइएको अदालतका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिए।

खड्का पक्राउ परेपछि मुल्तवीमा रहेको कर्तव्य ज्यान मुद्धा जागेको छ। हत्याका मुख्य आरोपीत हाजिर भएमा वा पक्राउ परेको बखत मुद्दा जगाउन सकिने दैलेख जिल्ला अदालतको अघिल्लो फैसला अनुसार फरार रहेका अन्य तीन जनासमेतको मुद्दा जागेको सूचना अधिकारी आचार्यले बताएको आजको अन्नपूर्ण पोस्ट्मा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!