हिपमत डटकम

मंगलबार, भाद्र २८, २०७९ || 4311  पटक पढिएको

बिराटनगर ।प्रवासमा रहेर पनी नेपाली सुगम संगीतमा अनवरत रुपमा सक्रिय गीतकार युवराज भण्डारीको शब्द सिर्जनामा ‘तिम्रो आँखामा’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक प्रविण बेडवाल र गायिका रचना रिमालले स्वर दिएका छन ।

प्रसिद्ध सङ्गीतकार राजेश थापाको सङ्गीत र गीतमा फणीन्द्र राईले सङ्गीत संयोजन गरेका छन् । सो गीतको रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन् भने ध्वनि सम्पादन किशोर थापाले गरेका छन् । वाई बी कृयसनले हालै सार्वजनिक गरेको यस गीतको भिडिओमा गायक गायिका र वाधवादकहरूको अभिनय देख्न सकिन्छ । बिनोद बमको निर्देशन तथा सम्पादन र केशव अधिकारी छायाङ्कनमा भिडियोलाई साङ्ग्रिला कृयसनले तयार पारेको हो ।

गीत, गजल र अन्य विधामा तिन दशकदेखि सक्रिय डुम्रीबेँसी, तनहुँ निवासी युवराज भण्डारी हाल क्यानडा छन्। भण्डारीको एक गीति कविता सङ्ग्रह प्रकाशित छ भने उनको शब्द ÷ सङ्गीतमा केही गीतहरू रेकर्ड भइसकेका छन्। पेशाले इन्जिनियर भण्डारी प्रवासमा साहित्यिक र सामाजिक अभियानमा सक्रिय छन्।

प्रेम गीतहरू भन्दा विरह बिछोडका गीत बढी सुन्न देख्न पाइने नेपाली सङ्गीत उद्योगमा ‘तिम्रो आँखामा’ एक सशक्त र सुन्दर प्रेम गीतको रूपमा आएको छ । यस गीतले दर्शक श्रोताहरूको मन जित्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!