हिपमत डटकम

सोमबार, भाद्र २७, २०७९ || 2050  पटक पढिएको

यतिबेला नेपालमा प्रधानमन्त्री छन् शेरबहादुर देउवा । उनी प्रधानमन्त्री भएपछि अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदबाट पारित भयो । अमेरिकी अधिकारीहरुको नेपालमा बाक्लो आवतजावत नै भयो ।

अमेरिकी उच्च अधिकारीहरु नेपाल आएर तिब्बती शरणार्थी शिविर समेत पुगे । यसबारे चीनले चासो व्यक्त गर्यो । देउवा प्रधानमन्त्री हुँदा अमेरिकी अधिकारीहरुको बाक्लो आवतजावत चलिरहँदा जम्बो टोलीसहित चीनका उच्च अधिकारी ली चान्सु नेपाल आउँदैछन् ।

ली चीनका तेस्रो वरियताका नेता तथा नेपालका सभामुख बराबरको हैसियतका हुन् । उनी चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र हुन् ।
नेपाल आउनुअघि लीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका थिए । रुसमा ली गत बुधबारबाट शनिबारसम्म बसे । पुटिनसँगको भेटमा ताइवानको विषयमा समेत रुसको साथ खोज्न कुराकानी भएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

अमेरिका र रुसबीच तिक्ततापूर्ण सम्बन्ध छ । अमेरिकालगायत पश्चिमा देशहरुले युक्रेनलाई साथ दिइरहेका छन् । चीन तटस्थ भूमिकामा छ । नेपालमा भने विगतमा चीनको प्रभाव रहेकोमा देउवा प्रधानमन्त्री भएपछि अमेरिकी प्रभाव बढेको विश्लेषण भइरहेको छ । यस्तो बेलामा पुटिनलाई भेटेर मँगोलियाको मार्ग हुँदै ली जम्बो टोलीसहित नेपाल आउँदैछन् । उनको साथमा ६ मन्त्रीस्तरीय अधिकारी समेत रहनु अर्थपूर्ण छ ।

लीले कम्युनिस्ट नेताहरु केपी शर्मा ओली र प्रचण्डसँग मंगलबार विहान छुट्टाछुट्टै भेट्ने तय भएको छ । भेट पहिलो ओली अनि लगत्तै प्रचण्डसँग हुनेछ । दुवै नेतालाई सँगै राखेर उनले भेट्ने हुन् या होइनन् स्पष्ट छैन । तर, यसलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!