हिपमत डटकम

सोमबार, भाद्र २७, २०७९ || 6120  पटक पढिएको

धरान। “एएनटिएफ र्याएप ब्याटल” बाट एक्कासी चर्चामा आएका जी बब नामले लोकप्रिय बनेका र्यारपर सुदीप भण्डारी पहिलोपल्ट धरानमा आएर धराने दर्शकहरुलाई आफ्नो गीतले भरपुर मनोरंजन गराए ।

शनिबार साँझ आयोजना भएको ‘टूबोर्ग फुल भोल्युम कन्सर्टमा जी बबसँगै अहिलेकी लोकप्रिय गायिका अस्मिता अधिकारीले पनि आफ्नो गीतहरु प्रस्तुत गरीन् भने चर्चित र्याापरहरु प्लस डिभाइड र सिरुपातेसँगै धरानको चर्चित डीजे नभसनले डीजेइङ समेत प्रस्तुत रहेका थिए ।

“मिलेन लेभल तेरो बाउ बोला ए“ बोलको बहुचर्चित गीत सँगै फाइनली भेटियो, कलाको म धनी, भाग न भाग, कलाकार, सिधा कुरा मेरो र सरी मम लगायतका युवाहरू माझ लोकप्रिय आफ्ना अन्य गीतहरु प्रस्तुत गरेकाथिए । बालबालिकादेखी युवाहरू माझ निकै नै लोकप्रिय मानिएका जी बबले पूर्वमा नै पहिलोपल्ट र आफ्नो पहिलो आउटडोर कन्सर्टका लागि धरान आएका हुन्।

कन्सर्टमा नै यत्तिको दर्शकहरु पहिलोपल्ट देखेको भन्दै जी बबले आफना प्रस्तुतीहरु दिईरहदा समय सकिएको आयोजकले जानकारी दिंएपछि दुखी हुँदै यति चाडै धरान बन्द हुन्छ र भन्दै गाउने समय मागिरहेका थिए। तर समयमा कार्यक्रम सक्नका लागि आयोजकले उनका मुख्य गीतहरु मिलेन लेभल र सरी मम गाउन अनुरोध गरि कार्यक्रमलाई सकाएका थिए। उनले गाउँदा स्टेजमा ढुंगा आएपछि ढुंगा हान्नेलाई र मेरो सम्पूर्ण हेटर्स र शुभचिन्तक सबैलाई आई लब यु भन्दै गाउँदै उनले आफ्ना हेटर्सलाई पनि लभर्स बनाएर जान्छु भन्दै कार्यक्रमलाई चालु राखेका थिए।

‘बाबरी रङ्गमा’ अहिले निक्कै नै लोकप्रिय तथा टिकटकमा समेत उत्तिकै भाइरल ‘बाबरी रङ्गमा की गायिका अस्मिता अधिकारीले काफल कमल, टाढा भएपनि, लज्जावती झार, साली मन परर्यो, तिम्रो मायाले बाँधेर राख लगायत गीतहरु ले र्दशक नचाईन् । त्यस्तै र्याापर प्लस डिभाइडका शब्दको युद्ध, बाबु भित्र केही खास, आको म यहाँ, चाहिने भन्दा बढी, म जहिलेलगायतका गीतहरु र र्याखपर सिरुपातेका राजनीति, मस्त, नोबडी नोज, कालेभाइलगायतका गीतहरु प्रस्तुत गरेका थिए । रिया सेन्चुरीको आकर्षक डान्सबाट सुरु गरिएको कार्यक्रम सवा दस बजे सम्म चलेको थियो। इक्सा मादेनले कार्यक्रम संचालन गरेकी थीइन।

सिल्भर इन्टरटेनमेन्टको आयोजना तथा टुबोर्ग बियरको प्रस्तुति रहेको फुल भोल्युम कन्सर्टमा डिभाइन वाइन , रेड्ब्ल्यु इनर्जी ड्रिंकको सह(प्रायोजन , केन्द्र मोसन पिक्चर्स , एसपी इभेन्ट्स युके , एनएचडीडी स्टुडियो , भीआइपि नेपाल ऑस्ट्रेलियाको बिषेश सहयोग तथा महेन्द्र अक्वा , पेप्सी , धरान टि र पीएच शाइन शेम्पू, हाइल्यानडर भोड्का , रोयल स्ट्यागको सहयोग रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!