कालजयी तथा हरेक नेपालीको मन मुटुमा बस्न सक्ने गितहरु गाएर करडौ संगीतप्रेमी नेपालि दर्शक श्रोताहरुको प्रिय बनेका गायक समिर आचार्य अहिले चर्चाको शिखरमा रहेका छन् । विभिन्न सास्कृतिक कार्यक्रम, मेला महोत्सब तथा अन्य कार्यक्रमहरुमा व्यस्तता बढाउदै गएका गायक आचार्यले नेपाल भित्र मात्र नभएर बिदेशमा समेत आफ्नो ख्याति बढाएका छन् । गायक समिर आचार्य एक दशक देखि अष्ट्रेलियामा रहेर सांगीतिक क्षेत्रमा सक्रिय रहदै आएका छन् । विदेशमा रहेर पनि उनले एक पछि अर्को गदै हिट नम्बर दिएर गायन क्षेत्रमा आफनो बेग्लै छवि बनाएका हुन् । उनले स्वर दिएका गीतहरु संगीतप्रेमी माझ त्यतिकै लोकप्रिय पनि बनिरहेका छन् । ‘दुनियाँ वेग्लै छ, हैन भन्देउ न माया’ ‘पिच रोड’, ‘लभ लेटर’ ‘घाममा सुकाइदेउ’, ‘उमेर अन्तर’ ‘ठुम्का’ ‘रेल गाडि’ ‘सानो मा सानो’ ‘माछी खोलामा’ जस्ता दर्जनौ हिट गीत गाएर विदेशबाटै नेपाली सांगीतिक दुनियाँमा परिचय बनाइसकेका समिर आचार्य संसारभर छरिएर बसेका नेपाली बीच अहिले चल्तीका गायकका रुपमा परिचित छन् ।
लामो समय देखि निरन्तर नेपाली सुगम संगीतमा आफुलाई स्थापित बनाउन सफल भर्सलटाइल गायक निरन्तर चर्चामा नै छन् । सधै ब्यस्त रहने गायक समिरलाई आजकल स्टेज किङ पनि भनेर पनि चिनिन्छ, उनको व्यस्तता अचम्मको नै छ ।दर्जनौ कार्यक्रममा लाखौ संगीतप्रेमी दर्शकहरुलाई मनोरंजन दिएर आफ्नो नियमित गित रेकर्ड गर्न समेत समय ब्यबस्थापन गरिरहेका छन् उनले । सरल स्वभावका सधै हासेर बोल्ने मिठो सुमधुर आवाजको धनि गायक समिरले दर्जनौ राष्ट्रिय अवार्ड र सम्मान समेत पाइसकेका छन् ।
नेपाली आधुनिक गित, गजल, लोकपप तथा नेपालि फिल्मी गितहरु सबै क्षेत्रमा उनको मिठो आवाज सुन्न सकिन्छ यस अर्थ पनि उनलाई एक बहु प्रतिभाशाली, भर्सलटाइल गायक भन्न सकिन्छ, साच्चै उनीमा हर प्रकारको गित गाउन सक्ने क्षमता छ त्यसैले त उनि भन्छन गित संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ ।