पाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतको सिर्जना बजारमा आइरहेका छन् । सोहि क्रममा गायिका तथा गीतकार मीरादेवी राईको स्वर तथा रचनामा नयाँ डान्सिङ्ग गीत “डिस्को पार्टि” पनि भर्खरै सार्वजनिक भएको छ । प्रस्तुत गीतमा चर्चित गायक प्रमोद खरेल र मीरादेवी राईको सयुक्त स्वर सुन्न सकिन्छ ।

गायिका तथा रचनाकार मीराको शब्द रचनामा यस अघि पनि थुप्रै गीतहरु ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जिन्त सफल भैसकेकी छिन् । उनको अत्यन्त चर्चित गीत “ठमेलको बजारमा” हो । राजेश पायल राई राई र मिरा देबी राई कै सुमधुर स्वरमा सजिएको उक्त गीतलाई अहिले सम्म ५ लाख भन्दा बढी दर्शकहरुले हेरिसकेका छन् ।

गायिका तथा रचनाकार मिरा भन्छिन् , यो मेरो दोश्रो गीत हो । अन्य गीतहरु पनि तयार भैसकेका छन् । गीत गाउन त्यति सजिलो नमान्ने तर लेख्न थालेको थोरै समय भएपनि अझै अशंख्य श्रोता तथा दर्शकहरुको मायाले थप उर्जा मिलेको उनि बताउछिन् । मीराको शब्दमा अन्य कलाकारहरु द्वारा स्वर बद्ध गीतहरु धेरै बजारमा आइसकेका छन् र आउने क्रमममा पनि रहेका छन् । परदेशीको जिबन कथाको पेरिफेरीमा आधुनिक गीत, त्यसैगरी माया प्रेमका भाव समाबेश केहि पुर्बेली गीतमा पनि मीराले कलम चलाइसकेकी छिन् ।

नबिन कार्की द्वारा संगीत बद्ध “डिस्को पार्टि” बोलको गीतको म्युजिक भिडियोमा प्रेम, आयुष्मा र ममताले अभिनय देख्न सकिन्छ ।  भिडियोलाई निर्देशन प्रेम भारतीले गरेका हुन् भने छायांकन नरेश आयर र मिन रावलले सम्पादन गरेका छन् । गायिका तथा रचनाकार मिरादेबी राईले पहिलेको गीतहरुलाई झैं यस गीतलाई पनि अशंख्य श्रोता तथा दर्शकहरुले मन परईदिनु हुनेछ भन्ने कुरामा बिस्वस्त रहेकीछिन् । हामी उनको सफल सांगीतिक यात्राको शुभकामना ब्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!