हिपमत डटकम
काठमाडौं ,मंसिर १८ ।
झापाका राम लिम्बू , दी भ्वाईसमा रुचाइएको उत्कृष्ठ प्रतिस्पर्धी मध्येका एक हुन् । अहिले सम्मको प्रस्तुति खोट लगाउने ठाउँ देख्दैनन, उनका फ्यानहरु । जब उनी स्टेज चढ्छन्, गाउँन सुरु गर्छन् । माहौल एकाएक तात्छ, आगा नै बाल्छन्, दर्शकहरु ताली र हुटिङले साथ दिदैं रमाउछन् । गोरखालीको छोरो हु म, सुन साईली लगायतका गीतले उनी झापाली मात्र हैन आम दर्शकको रोजाईमा परे ।
भनिन्छ, जिन्दगी संघर्ष हो, यो संघर्षको मैदानमा आउन रामले निक्कै दुख झेलेका छन् । कहिले फर्निचरमा मिस्त्री काम गरे त कहिले ठेलामा मम बेचे । तर छोडेनन् आफु भित्र रहेको साँगीतिक मायामोहलाई । बरु ठेला बेचे, घरमा गाली खाए, दाईको गायनमा भबिस्य देखेर भाई लक्ष्मणले पनि रामलाई फर्निचर काम गर्न दिएनन् ।
बरु म गर्छु काम त गीत गाँ राम भनेपछि उनमा अझै जोश बढ्यो । तर काहाँ हुँदो सोचे जस्तै सबै । प्रतिभा भएर के गर्ने आखिर पोईसा नै चाँहिदो रहेछ ।

विदेशीने सोच बनाएका राम दी भ्वाईसमा छनौट नभएको भए आज कुनै पराया मुलुक काम गर्दै सायद आफुभित्र रहेको प्रतिभा मारिरहेका हुन्थे । आज राम राम राम भन्न काहाँ नै पाईथियो होला । धन्यवाद दिनै पर्छ आयोजकलाई जस्ले राम जस्तै मेचु धिमाल, बलबहादुर राजंबशीहरुलाई यो प्लेट फम दियो । चिनायो । आयोजकले अब जर्जको जिम्मा जनतालाई दिएका छन्, साँच्चै राम ईतिहास रच्दैछन् । रामकी आमा भन्छिन्, छोरोले त आमालाई जिन्दगीकै खुशी दियो, हिजो गाली गरेको दिन सम्झिदा रुन मन लाग्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!