हिपमत डटकम

आइतबार, भाद्र २६, २०७९ || 692  पटक पढिएको

नयाँ बेलायती प्रधानमन्त्री लिज ट्रसले गठन गरेको मन्त्रिपरिषद्‌मा पहिलो पटक अश्वेतलाई महत्वपूर्ण मन्त्रालयको जिम्मा दिइएको छ । ट्रसले क्वासी क्वार्टेङलाई पहिलो अश्वेत अर्थमन्त्रीको रूपमा नियुक्त गरेकी छिन् । उनका आमाबाबु सन् १९६० को दशकमा घानाबाट आएका थिए । त्यस्तै जेम्स क्लिभरली पहिलो अश्वेत विदेश मन्त्री बनेका छन् ।

क्लिभरलीकी आमा सियरा लियोनकी हुन् भने बुबा अश्वेत हुन् । उनले विगतमा अश्वेत मतदाताहरूलाई आकर्षित गर्न पार्टीले अझ धेरै गर्न आवश्यक भएको बताएका थिए । त्यस्तै, अश्वेत समुदायकै प्रतिनिधत्व गर्ने सुएला ब्रेभरम्यानलाई गृह मन्त्रालयको जिम्मा दिइएको छ । उनका आमाबाबु केन्या र मरिससका हुन् ।

ट्रस मंगलबार मात्र देशको प्रधानमन्त्री बनेकी थिइन् । उनी देशकै तेस्रो महिला प्रधानमन्त्री हुन् । यसैबीच, निवर्तमान प्रधानमन्त्री बोरिस जोनसनले आफ्ना उत्तराधिकारी लिज ट्रसलाई समर्थन गर्ने वाचा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!