हिपमत डटकम

शुक्रबार, माघ १७, २०८२ || 915  पटक पढिएको

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपनाहरू सार्थक हुने बताएको छ। सहिद दिवसको अवसरमा शुक्रबार एक श्रद्धाञ्जली सन्देश जारी गर्दै रास्वपाले सुशासन र समृद्धिको यात्रामा एकताबद्ध हुन सहिद दिवसले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेको हो।

पार्टीका उपसभापति डोलप्रसाद (डीपी) अर्यालले जारी गरेको सन्देशमा सहिदहरूको बलिदान केवल राजनीतिक परिवर्तनका लागि मात्र नभई सुशासन, न्याय र समृद्धिसँग प्रत्यक्ष जोडिएको उल्लेख छ। निरंकुश राणाशासनको अन्त्यदेखि विभिन्न राजनीतिक आन्दोलन र नागरिक अधिकार प्राप्तिका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात-अज्ञात अमर सहिदहरूप्रति पार्टीले गहिरो श्रद्धासुमन अर्पण गरेको छ। सहिदको बलिदानको वास्तविक सम्मान भनेकै राष्ट्रिय स्वाभिमान र जनअपेक्षाको उचित सम्बोधन गर्नु रहेको रास्वपाको ठहर छ।

यसै सन्दर्भमा उपसभापति अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनलाई देशमा नयाँ आशा र नेतृत्व उदयको प्रस्थान विन्दुका रूपमा व्याख्या गरेका छन्। रास्वपाले सहिदले देखाएको बाटोमा हिँड्दै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन आफ्नो पार्टी सधैँ प्रतिबद्ध रहने संकल्प समेत दोहोर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!