हिपमत डटकम

शनिबार, भाद्र २५, २०७९ || 10945  पटक पढिएको

एसिया कप क्रिकेट क्रिकेट खेलमा सट्टेबाजी गरेको आरोपमा विराटनगरबाट चार जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रबार दिउँसो मोरङ विराटनगर महानगरपालिका वडा नं. ११ बाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पिचरा बस्ने ४२ वर्षीय राजेश ठाकुर, २८ वर्षीय रवि सहनी, ३४ वर्षीय नारायण श्रेष्ठ र २३ वर्षीय अजय सहनी रहेका छन् । उनीहरूलाई खेलमा प्रयोग गरिएको ४ थान मोबाइलहरू र १८ हजार ५ सय रुपैयाँ नगद सहित नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!