हिपमत डटकम

शनिबार, भाद्र २५, २०७९ || 459  पटक पढिएको

बंगलादेश महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा छैटौं संस्करणको समूह चरणको दोस्रो खेलमा सहज जित निकाल्दै बंगलादेश सेमिफाइनलमा पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानलाई ६–० गोलको फराकिलो अन्तरले हराएको हो ।

बंगलादेशको जितमा कप्तान सबिना खातुनले ह्याट्रिक गोल गरिन् । यस्तै मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक एक गोल गरिन् । बंगलादेशको यो लगातार दोस्रो जित हो । बंगलादेशले खेलको तेस्रो मिनेटमा मोनिकाको गोल गर्दै टिमलाई अग्रता दिलाइन् । २८ औं मिनेटमा शोप्नाले गोल गर्दै बंगालदाशेको अग्रता दोब्बर भयो ।

३१ औं मिनेटमा सबिनाले गोल गर्दा बंगलादेशको अग्रता ३–० गोलको भयो । ३५ औं मिनेटमा सबिनाले व्यक्तिगत दोस्रो गोल गर्दा बंगलादेश ४–० ले अघि रह्यो । ५९ औं मिनेटमा सबिनाले ह्याट्रिक पूरा गरिन् । ७७ औं मिनेटमा रितुले गोल गर्दै बंगलादेशलाई ६–० को जित दिलाइन् ।

जितसँगै समूह ‘ए’ को बंगलादेशले २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहँदै बंगलादेश फाइनलमा पुगेको हो । पाकिस्तान २ खेलमा अंकविहीन रहँदै पुछारमा छ । प्रतियोगिता अन्तर्गत नै आज हुने दोस्रो खेलमा भारतले माल्दिभ्ससँग खेल्नेछ । दोस्रो खेल ५ः ३० बजे सुरु हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!