नेपालमा राम्रो व्यापार संगै उत्कृष्ट प्रतिक्रिया पाएको फिल्म ‘मारुनी’को माग बिदेशमा पनि बढिरहेको छ । जापान र अस्ट्रेलियामा शो सफल भएपछी ‘मारुनी’ लन्डनमा प्रदर्शन भएको छ । विदेश प्रदर्शनमा पनि फिल्मले उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । फिल्मलाइ धेरै नेपालीहरुले हेरेर प्रसंशा गरेका छन् भने फिल्म हेर्नका लागि दर्शकहरुको अत्याधिक भिड रहेको थियो ।
२३ फ्रेवुअरीमा अल्डरसटस्थित एम्पायर हलमा फिल्मको शो भएको थियो । त्यसपछि मार्च १ मा फिल्मको टेड कार्पेट शो भयो । फिल्मको शोका लागि नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र निर्मात्री पुनम गौतम लन्डन पुगेका थिए ।
लन्डनको शो हेरेर निस्किएका दर्शकले फिल्मलाई अत्याधिक राम्रो प्रतिक्रिया दिएको निर्मात्री गौतमले बताएकी छिन् । दुवै शोमा दर्शकको बाक्लो उपस्थिति रहेको पुनमले बताईन् । नवल नेपाल निर्देशित फिल्ममा साम्राज्ञी संगै पुष्प खड्का, रेविका गुरुङ र आयुष श्रेष्ठको मुख्य भूमिका छ । फिल्मलाई गोविन्द फ्युयालले लेखेका हुन् ।