हिपमत डटकम

शनिबार, भाद्र २५, २०७९ || 5247  पटक पढिएको

एएफसी यू–२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज शनिबार भुटानको सामना गर्दैछ । बहराइनमा आयोजना हुने प्रतियोगिताका लागि नेपालले भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

 

शेख अलि बिन मोहमद अल खलिफा स्टेडियममा हुने नेपाल र भुटानबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल भुटानलाई हराउँदै सुखद सुरुवात गर्ने योजनामा छ । यता भुटान पनि नेपाललाई हराउँदै प्रतियोगितामा आफ्नो बलियो दावेदारी प्रस्तुत गर्ने योजनामा छ । छनोटको समूह ‘बी’ नेपालसँगै भुटान, कतार, बहराइन र बंगालादेश छन् ।

समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले टिमको तयारी राम्रो भएकाले आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा आफू बलियो बन्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!