बुधबार, फाल्गुण २१, २०७६ || 910  पटक पढिएको

प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको छ । काठमाण्डौको त्रिवी शिक्षण अस्पताल महाराजगंजमा ओलीको मिर्गौला प्रत्यारोपण भर्खरै सम्पन्न भएको हो । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएकाले जोखिमपूर्ण मानिएको थियो । तर उनको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको हो ।प्रत्यारोपणका लागि ओली गत सोमबार नै अस्पताल भर्ना भएका थिए । ओलीलाई आज विहान १० बजे अपरेशन थिएटरमा लगिएको थियो । नयाँ मिर्गौला प्रत्यारोपण गरिएसँगै प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला भएको छ ।प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि प्रा। डा। प्रेमराज ज्ञवाली नेतृत्वको चिकित्सक टोली खटिएको थियो । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीसँगै मिर्गौला दान दिने उनकी भान्जी दुवै सोमबार नै अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!