हिपमत डटकम

मंगलबार, भाद्र २१, २०७९ || 548  पटक पढिएको

सिउल । दक्षिण कोरियामा मंगलबार आएको आँधी हिन्नामनोरका कारण देशको दक्षिणी भागका हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । उक्त क्षेत्रमा भारी वर्षा र हावाहुरी चल्ने अधिकारीहरूले बताएका छन् । सेन्ट्रल डिजास्टर एण्ड सेफ्टी काउन्टरमिजरको कार्यलयले पूर्वी तटीय सहर उल्सानमा वर्षाले बगेको खोलामा खसेर २५ वर्षीय एक व्यक्ति बेपत्ता भएको बताएको छ ।

हिन्नामनोर आँधी बन्दरगाह सहर बुसाननजिकै झर्नुअघि देशको दक्षिणी टापु जेजु प्रभावित गरेको थियो । आँधीका कारण त्यहाँका हजारौं मानिस बिजुलीविहीन बनेका छन् ।

आँधीपछिको भारी वर्षा र छालले समुद्र तटको सडक र पसलमा ठूलो क्षति पुगेको छ । उक्त आँधी ४३ मिटर प्रति सेकेण्डको वेगमा अघि बढेको अधिकारीहरुले बताएका छन् । उक्त आँधी कोरियाली प्रायद्वीपबाट स्थानीय समयअनुसार बिहान ७ बजेपछि दक्षिणपूर्वी शहर उल्सानको पानी हुँदै तटीय शहर जियोजेमा बढेको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!