हिपमत डटकम

सोमबार, भाद्र २०, २०७९ || 13142  पटक पढिएको

अमेरिकी रक ब्याण्ड निरभानाले सन् १९९१ को ‘नेभरमाइन्ड’ एल्बमको कभरसम्बन्धी मुद्दा जितेको छ । अमेरिकाका एक न्यायाधीशले निरभानाविरुद्ध लगाइएको मुद्दा नै खारेज गरिदिएका हुन् ।

३१ वर्षीय स्पेन्सर एल्डेनले एल्बमको कभरमा रहेको तस्बिर आफ्नो तस्बिर रहेको र त्यो बाल यौनहिंसा भएको भन्दै मुद्दा दर्ता गरेका थिए । तर न्यायाधीशले भने उनको दाबी निकै ढिला आएको बताउँदै त्यसको औचित्य नरहेको बताएका थिए ।

एल्डेनको कानुनी टोलीले उक्त निर्णयको पुनरावेदनमा जाने स्पष्ट पारेका छन् । निरभानाको सन् १९९१ को एल्बमको कभरमा एक बालक नग्न भएर माछा मार्ने हुकमा अड्किएको १ डलरको नोटतर्फ पौडिरहेको देखाइएको छ । उनले सो तस्बिरलाई अनुमति दिन नसक्ने बताउँदै १ लाख ५० हजार डलर क्षतिपूर्ति माग गरेका थिए ।

फोटोग्राफर किर्क वेडल, निरभानाका पूर्व सदस्य डेभ ग्रोहल र क्रिस्ट नाभोसेलिच तथा दिवंगत गायक कर्ट कोबेनकी श्रीमती कोर्टनी लभलाई मुद्दामा विपक्ष बनाइएको थियो । एल्डनले सन् २०२१ मा मुद्दा दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!