खबर ठुलो छ

हिपमत डटकम
रबिन्द्र बराल रंगेली,मंसिर १८ ।

माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको जिल्ला अस्पतालमा अहिले बिरामीहरुकाे चाप बडन थालेको छ । एक महिना अगाडि अस्पतालमा आएका मेसु डाक्टर रोहेन्द्र पाण्डे, एम।डि।जेनेरल प्रक्टिस काे अध्यन गरेका उनलेे अहिले अस्पतालको गुणस्तरीय स्वास्थ्य सेवालाइ प्रभावकारी र सुधार गर्न लागि परेका छन् । उहाँलाई रंगेलीबासी र अस्पता का कर्मचारीहरुकाे थप सहयोग भएमा अझै अस्पताल लाई थप सुदृढ बनाउदै लैजाने मेसु पान्डेले बताए। बिगतका दिनहरुमा अस्पतालमा सातामा तिनदिन मात्रै भिडियो एक्सरे र प्रसुति सेवा हुने गरेता पनिएक महिना अगाडि आएकानयाँ मेसुले अहिले दैनिकी भिडियो एक्सरे र प्रसुति चेक जाँच समेत गर्दे आईरहेका छन् ।

पाण्डे अहिले २४ घन्टा अस्पतालमै बिरामीहरुकाे सेवामा लागि परेका छन् । उनी अहिले इमर्जेन्सी सेवा, भिडियो एक्सेरे , दैनिकी अाेपिडि सेवा , सुरक्षित प्रसुती अपरेसन सेवा संगै अस्पतालको स्तर उन्नति र सुदृढीकरण गर्ने र नेपाल सरकारले लागू गरेको स्वास्थ बिमा कार्यक्रम संचालनको लागि शसक्त रुपमा लागि रहेका छन् । पाण्डेका अनुसार केही दिनमै जनरल अपरेसन सेवा हर्निया, ऐपेन्डिसाइटिस, हाइड्रोशिल को शल्यक्रिया संचालनमा आउने कुरा बताए । एक महिनाकाे अबधिमा जटिल अवस्थामा प्रसुति गर्ने अस्पताल आएका ६ वटा सफल सल्यक्रिया गरेकाेे अस्पतालले जनाएको छ। रंगेली ८ कि अारति सरदारले भनिन् रंगेली अस्पतालमा यसरी सफल सल्यक्रिया हुन्छ भनेर साेचकाे पनि थिइन तर यहि अस्पतालमा यसरी सुरक्षित प्रसुति सल्यक्रिया भएकोमा अाफु अत्याधुनिक खुशि भएको उनलेे बताए
।त्यसैैैगरी मान्ति यादव ले भनिन आफ्नो गर्भमा बच्चा उल्टाे रहेको अवस्थामा समेत यहि अस्पतालमा यसरी सुरक्षित सल्यक्रिया गरेकामा आफू निकै खुशी भएको उनलेे बताईन । सुनवर्सि ४ बटरवारी का सुमन यादव ले भने यसरी अस्पताल सबै सुविधा उपलब्ध भए यस भेगमा सर्वसाधारण जनता हरु यहि अस्पतालमा सेवा लिन आउने उनले बताए । बिगत का दिन हरुमा भन्दा अहिले बिरामी हरु काे संख्या समेत उपचारका लागि अाउने गरेका छन ।

बुधबार, मंसिर १८, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया